April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कियाचु यूके, ग्रेटर लन्डन शाखाले भव्य रुपमा मनायो न्वागी पर्व

2.2K

लन्डन । किरात याक्थुङ चुम्लुङ यूके, ग्रेटर लन्डन शाखाले चासोक तङनाम (न्वागी पर्व) मनाएको छ ।शाखाले गत शनिबार वेम्बलीमा भव्य रुपमा चासोक तङनाम भव्यताका साथ मनाइएको हो ।

देव आङ्बुहाङको अध्यक्षतामा आयोजित कार्यक्रममा
विभिन्न सांगीतिक प्रस्तुति दिइएको थियो । जसमा चासोक तङ्नामको इतिहासका जानकार असारसिङ आङहाङ, समितिका सदस्य राम लुम्फुङ्वा र केवाईसी युके-२०२३ (आर्टिस्ट अफ द ईयरका विजेता) कलाकार भक्ति आङ्दम्बेको प्रस्तुति रहेको थियो। यस्तै लिम्बुहरुको पुरानो भाका (गीत) हाक्पारे साम्लो पनि सामूहिक रुपमा प्रस्तुत गरिएको थियो । जसको नरमाया माङ्ग्देनले  प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । 

कार्यक्रमको संचालन समिति सदस्य किशोर आङ्देम्बेले गरेका थिए भने संस्थाका रेसु फियाक, बिष्णुमाया लिम्बू, उषा लिङ्देन र अन्य दिदी-बहिनीहरुले परम्परागत स्वादिष्ट भोजन तयार पारेका  थिए । 
 
कार्यक्रमको अन्तमा, उपस्थित सदस्यहरू तथा शुभचिन्तकहरुले आफ्नो मौलिक संस्कृतिलाई लामो समयसम्म जोगाएर राख्नुपर्नेमा जोड दिएका थिए । 

Advertisement