May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

एनआरएनए अस्ट्रियाको अध्यक्षमा ध्रुव पौडेल र आईसीसी सदस्यमा मनोज विष्ट

2.6K

अस्ट्रिया। एनआरएनए अस्ट्रियाले २०२३ – २०२५ कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ। २२ जुलाईमा सम्पन्न निर्वाचनमा ध्रुब पौडेल अध्यक्ष र मनोज विष्ट आईसीसी सदस्यको रुपमा संघलाई आगामी २ वर्ष नेतृत्व गर्न निर्वाचित भएका हुन्। जम्मा ४४१ जना पंजीकृत सदस्यहरु मध्ये ८८,२ प्रतिशत पंजीकृत सदस्यहरुले मतदानमा भाग लिएका थिए।
भुपिन्द्र गुरुङ्ग प्रमुख रहेको निर्वाचन समितिले भियना, साल्जवर्ग, ग्राज, लिञ्ज वेल्स र ईन्स्ब्रुक शहर गरि जम्मा ५ स्थानमा मतदान केन्द्र निर्धारण गरि एकै दिनमा सबै केन्द्रहरुमा मतदान सम्पन्न गरेको थियो। निर्वाचन समितिका अन्य सदस्यहरुमा अन्जना आचार्य र नेत्र खड्का रहेका थिए। निर्वाचन समितिले ग्राज केन्द्रको लागि नेत्र खड्का, साल्ज्वर्गको लागि विकाश कार्की, लिञ्ज वेल्सको लागि बिनोद खड्का र ईन्स्ब्रुकको लागि तुल बहादुर गुरुङ्ग (मुक्त) लाई निर्वाचन गराउने जिम्मेवारी तोकेको थियो।
निर्वाचन लगत्तै मतगरणा थालिएको थियो। साँझ १० बजेसम्म चलेको मतगरणा पछि घोषणा गरिएका अन्य विजेताहरु उपाध्यक्ष द्वय डभिन लामा गुरुङ्ग र रिम बहादुर खड्का , महिला उपाध्यक्षमा सन्तोषी भण्डारी , महासचिवमा डाईमण्ड राई रहेका छन्। सचिव द्वय रिमा विष्ट र ज्ञानेन्द्र वर्तौला, कोषाध्यक्षमा बिरेन्द्र बहादुर पुन , सह कोषाध्यक्षमा राजु रामदाम, युवा संयोजकमा फुर्वा तामाङ्ग , युवा सह संयोजकमा राजिप थेबे , महिला संयोजकमा निर्मला कार्की (निरु) र सदस्यमा कुमिर घर्ति मगर निर्विरोध निर्वाचित भएका थिए। नतिजा घोषणा पश्चात निर्वाचन समितिले सबै बिजयी उम्मेदवारहरुलाई प्रमाण पत्र प्रदान गरेको थियो भने युरोप सह संयोजक सागर सुवेदी द्वारा पद तथा गोपनियताको शपथ ग्रहण गराईएको थियो।
छोटो समयमा निर्धारित कार्यतालिकाबाट एक रति तल माथि नगरी अपार पारदर्शी ढंगले निर्वाचन सम्पन्न गर्न सफल निर्वाचन समिति र चुस्त व्यवस्थापनको लागि निवर्तमान कार्यसमितिको निकै प्रशंसा भएको थियो।

Advertisement