April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एनपीसीसी यूकेले प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीसंग गर्यो अन्तरकृया

2.1K

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले नेपालको प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीसंग एक विशेष भेटघाट तथा अन्तरकृया गरेको छ। समितिले गत आइतवार मे २९ का दिन लण्डनमा गणतन्त्र दिवसको अवसर पारेर उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री कार्कीले नेपालमा संघियता सफल हुँदै गएको बताए । उनले संघियताको सफलतापछि भारतको गुजरात र बिहार राज्यले गरेको विकाश र सफलता हेरेर नेपालले पाठ सिक्नु पर्ने तर्क गरे । उनले भारतको विकासमा गैरआवासीय भारतीयहरुको ठूलो भूमिका रहेको बताउंदै गैरआवासीय नेपालीहरुलाई पनि नेपालको विकाशमा हातेमालो गर्न आग्रह गरे । उनले विदेशबाट पैसा होइन सिप र ज्ञान नेपालमा लैजान समेत आग्रह गरे। गैरआवासीय नेपाली संघको नेतृत्वलाई नागरिकता निरन्तरताको लागि पहल कदमी गर्न पनि आह्वान गरे । उक्त कार्यमा आफ्नो पूर्ण साथ र सहयोग हुने पनि मंत्री कार्कीले दृढता पनि व्यक्त गरे।

मन्त्री कार्कीले एनआरएनहरुले विदेशमा सिकेको विकासको मोडेल, गुड गभर्नान्स, सीप , अनुभब सबै कुरा नेपालमा लैजान समेत आग्रह गरे। नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला लगायतका नेताहरुले छिमेकी राष्ट्र भारतको शिक्षाले नेपालमा प्रजातन्त्र आएको उदाहरण दिँदै समुन्द्रपारीको देश बेलायत लगायतका देशबाट विकास र समृद्धी नेपाल लैजान सबैमा आग्रह समेत गरे।

Advertisement

कार्यक्रममा एनआरएनएका अध्यक्ष कुल आचार्य पनि सहभागी थिए । बिशेष अतिथिको रुपमा सम्बोधन गर्दै उनले सरकारले नीति तथा कार्यक्रम र बजेटमा ल्याएका नयां प्रावधानहरु गैरआवासीय नेपालीहरुको हितमा रहेको बताए । उनले सरकारले ल्याएको खुल्ला नीतिका कारणले अब देखि विदेशी नागरिकले समेत नेपालमा फल्याट किन्न सक्ने कानुन बनेको बताए । सरकारले आइतवार प्रस्तुत गरेको बजेटमा गैरआवासीय नेपालीहरुको लागि एक दर्जन भन्दा बढी सुविधाहरु घोषणा गरेकोप्रति आचार्य स्वागत गरे । उनले गैरआवासीय नेपाली संघसँस्था ठूलो भएको कारणले वेलावेलामा समस्या देखिए पनि राष्ट्रको समृद्धिको लागि एक भएर अघि बढ्न आब्हान गरे। उनले संसदको चालु अधिवेशनबाट एनआरएनए नागरिकता पारित हुनेमा विश्वास गर्दै यदि यो संसदले टुंग्लो लगाउन नसके अध्यायदेशको विकल्पमा जानु पर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गैर–आवासीय नेपाली संघका पूर्वसल्लाहकार एवम् कांग्रेस नेता विश्वआर्दश पण्डितले नेपाली कांग्रेस सत्तामा आएपछि मात्र स्थानीय निकायहरु बलियो हुने तर्क गर्दै ठूलो चुनौतिकाबीच सरकारले स्थानीय निर्वाचन गर्न सफल भएको बताए । उनले निर्वाचनसंगै युवाहरुको आगमनले नेपाली राजनीतिमा चुनौति थपिएको बताए ।

गैरआवासीय नेपाली संघका पूर्वसल्लाहकार समेत रहेका कांग्रेस नेता विश्वआर्दश पण्डितले नेपाली कांग्रेस सत्तामा आएपछि मात्र स्थानीय निकायहरु बलियो हुने तर्क गर्दै ठूलो चुनौतिकाबीच सरकारले स्थानीय निर्वाचन गर्न सफल भएको बताए । उनले निर्वाचनसंगै युवाहरुको आगमनले नेपाली राजनीतिमा चुनौति थपिएको बताए ।

समितिका सभापति युवराज गुरुङको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा महामन्त्री रोमियन लिम्बुले स्वागत मन्तब्य व्यक्त गरेकी थिइन् भने कार्यबाहक सभापती समेत भैसकेका कांग्रेस महाधिवेशन प्रतिनिधि महेश दाहालले धन्यबाद ब्यक्त गरेका थिए।

काउन्सिलर समेत रहेका समितिका उपसभापति प्रवेश केसी, नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष बिपीन निरौला लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ यूकेकी पूर्वउपाध्यक्ष रोजिना प्रधान राई, गोर्खाअभियन्ता सूर्य नेम्वाङ लगायत जनसम्पर्क समिति बेलायतका पदाधिकारीहरुको उपस्थिति थियो ।

कार्यक्रमको संचालन महामन्त्री कुश बस्नेतले गरेका थिए।