न्यूयोर्क । नेपाली समाज अमेरिकाको अध्यक्षमा लोक चेम्जोङ निर्वाचित भएका छन् । गत ३ डिसेम्बरमा न्यूयोर्कमा सम्पन्न तेस्रो अधिवेशनले चेम्जोङको अध्यक्षतामा २७ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको हो ।
कमिटीको न्यूयोर्क, वरिष्ठ उपाध्यक्षमा ओमराज सम्बाहाङ्फे, न्यूयोर्क उपाध्यक्षमा चिना योन्जन र सुमन बुढामगर, न्यूयोर्क महासचिवमा शेखर राई, न्यूयोर्क सचिवमा टंक सेलिङ, न्यूयोर्क कोषाध्यक्षमा सुवर्ण शाक्य निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा केशबराम राई, काजी शेर्पा, राम लिम्बु, तोङसा योङया, गणेश राई, मात्रिका गुप्ता, भीम माबो, मादी देवान, हरि प्रसाद जवेगु, गजेन्द्र सुब्बा, मिना चेम्जोङ, सेहाङ नेम्वाङ, देशहाङ हुक्पा चोङबाङ, मणि चेम्जोङ, देव पुन, भीमबहादुर थापामगर, लाल घले, प्रकाश परिवार, बिनोद राई र सामदेनला रुईत शेर्पा चयन भएका छन् ।
समिर महर्जनको अध्यक्षतामा सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनको प्रमुख अतिथि जसपा नेपालका राजनितीक समिति सदस्य तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेठ रहेका थिए ।
अधिवेशनमा जसपाका राजनितीक समिति सदस्य तथा प्रवास कमिटी ईन्चार्ज आङकाजी शेर्पा, जसपा केन्द्रीय सल्लाहकार डा.महेन्द्र लावती, जसपा केन्द्रीय सदस्य तथा प्रवास कमिटी सहईन्चार्ज पार्वती थापा मगर, प्रवास विशेष समितिका अध्यक्ष विश्वासदिप तिगेला, साथै विभिन्न देशका प्रमुख तथा प्रतिनिधीहरू लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमलाई महासचिव मनु लोहरुङले संचालन गरेकी थिइन् ।
नेपाली समाज अमेरिका विगत एक दशकदेखि निरन्तर नेपाली अमेरिकन समुदायको सारथी बन्नुका साथै नेपाली विभिन्न राजनीतिक तथा सामाजिक कार्यहरू गर्दैआईरहेको छ । यसले नेपालका अल्पसंख्यक, आदिवासी जनजाति, मधेसी, महिला, शिल्पी तथा राज्यले पछी पारेका समुदायको अधिकार, पहिचान, आत्मासम्मानको पक्षमा उभिएर राज्यको मूलप्रवाहमा तिनीहरूको सम्मानजनक समानुपातिक प्रतिनिधित्वको लागि लड्ने साथै यसलाई राष्ट्रीय तथा अन्तर्राष्ट्रीय तहबाट सम्बोधन गराउने मूल उदेश्य राखेको छ ।