March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

दशौँ अधिशवेन गर्ने तयारीमा भोजपुर परिवार दक्षिण कोरिया

1.6K

भोजपुर परिवार दक्षिण कोरियाले आगामी मे ५, २०२४ मा आफ्नो दशौँ अधिशवेन गर्ने तयारी गरिरहेको छ । अध्यक्ष सुमन्त मगरले मे २, २०२१ मा सम्पन्न नवौँ अधिवेशनद्धारा निर्वाचित कार्यसमितिको कार्यावधि सकिएपछि नयाँ कार्यसमिति निर्वाचित गर्नका लागि अधिवेशनको आयोजना गरिएको जानकारी गराए ।

निक ट्राभल्स नेपाल दोङ्देमुनको सभाहलमा आयोजना गरिएको अधिवेशनका क्रममा संस्थाले प्रकाशन गरेको पुस्तक ‘भोजपुर सन्देश’को विमोचनसमेत गरिने अध्यक्ष मगरले जानकारी दिए । भोजपुरका नौ वटै स्थानीय तहहरुको सामान्य परिचय तथा उपलब्ध भएसम्म भोजपुरबाट आई दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरुको विवरण समेटिएको सो पुस्तक भोजपुरका बारे चासो राख्ने तथा खास गरि भोजपुरको पर्यटकीय स्थलहरुको जानकारी चाहनेहरुका लागि सहयोगी रहने सो पुस्तक प्रकाशनको उद्देशय नै भोजपुरलाई गैरभोजपुरे नेपालिहरुका वीच चिनाउने कोसिस रहेको संस्थाका कोषाध्यक्ष डिबी राईले बताए ।

सन् २००५ मा स्थापित भोजपुर परिवार दक्षिण कोरियाले दक्षिण कोरियामा विभिन्न समयमा विभिन्न दुर्घट्नामा परि अंगभंग भएका तथा मृत्युवरण गर्न पुगेका भोजपुरेहरुलाई उद्धार तथा आर्थिक सहायता प्रदान गर्दै आईरहेको छ भने विभिन्न समयमा च्यारिटीका कामहरुसमेत गर्दै आईरहेको छ । भोजपुर जिल्लाको एक मात्र सुस्त श्रवण बिद्यालय ‘भोजपुर बहिरा आवासीय आधारभूत विद्यालय’ मा करिव ५ लाख रुपैँयाको अक्षयकोष स्थापना गरेको छ भने संस्था आफैले पनि एउटा आपतकालिन सहायता कोषको निर्माण गरि संचालन गरिरहेको छ ।

Advertisement

‘यो कार्यसमिति कोरोना महामारीका वीच निर्वाचित भयो, आधाउधि समय त्यही महामारीको ‘लकडाउन’ले खायो । त्यसले गर्दा पनि ठोस कामहरु गर्न सकिएन । अब बन्ने नयाँ कार्यसमितिले चाहीँ संस्थाले चाहेर पनि गर्न नसकेका थुप्रै कामहरु छन्, तिनलाई पूर्णता दिनेछ भन्ने बिस्वास छ’, कार्यकालको अन्त्यतिर रहेका अध्यक्ष मगरले नयाँ कार्यसमिति प्रति आशा व्यक्त गरे ।