April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोरियामा विभिन्न कार्यक्रमको आयोजना गरी मातृभाषा दिवस मनाइने

2.5K

सउल । नेपाल आदिवासी जनजाती साहित्यकार, लेखक महासंघ दक्षिण कोरियाले आगामी अन्तरास्ट्रिय मातृभाषा दिवस सप्ताहव्यापी कार्यक्रम गरी मनाउने तयारी गरिरहेको छ।

डिसेम्बर १७ मा बसेको महासंघको बैठकले हरेक बर्ष फेब्रुअरी २१ मा मनाईने अन्तर्राष्ट्रिय मातृभाषा दिवस यो बर्ष अनलाईन र भौतिक उपस्थितिका माध्यमबाट विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउने निर्णय गरेको महासंघ अध्यक्ष समिप खेम पुनले जानकारी दिए। उनका अनुसार कार्यक्रम अवधिमा मातृभाषा सम्बन्धी छलफल, अन्तरक्रिया तथा मातृभाषा साहित्यका विषयमा विमर्श, मातृभाषामा रचना वाचन जस्ता कार्यक्रमहरूसहित अन्तिम दिन भौतिक उपस्थितीसहितको कार्यक्रम गरिनेछन्। उनले थप बताए, “व्यवस्थित तथा फलदायी कार्यक्रम बनाउनका लागि हामिले विभिन्न उपसमितिहरु बनाएका छौँ। कार्यक्रमको बिस्तृत जानकारी केही दिनमा सार्वजनिक गर्नेछौँ।”

सन् १९५२ मा तत्कालिन पुर्वी पाकिस्तान (हाल बंगलादेश) मा मातृभाषा बोल्न पाउनुपर्छ भन्ने अभियानमा लाग्ने विद्यार्थी मारिएपछी सोही स्मृतिमा यो दिवस मनाउन थालिएको हो। सन् १९९९ नोभेम्बर १७ मा युनेस्कोले यो दिनलाई विशेष दिन भनी घोषणा गरेको थियो भने सन् २००० मा संयुक्त राष्ट्र संघले फेब्रुअरी २१ ला अन्तर्राष्ट्रिय मातृभाषा दिवसको मान्यता दिएपछी यो दिनलाई अन्तर्राष्ट्रिय स्तरमा मातृभाषा दिवसका रुपमा मनाउँदै आएको छ।

Advertisement