October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

यूकेमा १४ औं नेपाली मेलाको सम्पूर्ण तयारी पुरा, १० हजार दर्शक सहभागि हुने अपेक्षा

1.9K

लन्डन । यूकेमा हुन लागेको १४ औं नेपाली मेला आयोजनाको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक तमुधिं यूके र नेपाली रातदुताबास लण्डनले आइतबार मिचेटस्थित तमुधिं भवनमा एक पत्रकार सम्मेलन गर्दै आगामी अगस्ट २७ मा लन्डनमा हुन गइरहेको मेलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै तमुधिं यूकेका उपाध्यक्ष तथा मेला संयोजक परशु गुरुङले यस मेलाको आयोजना गरिनु भेटघाट गर्नु र रमाइलो गर्नु मात्र नरहेको बताए । उनले भने, ‘ आइतबार केम्पटन पार्क रेस कोर्समा १४ औं नेपाली मेला–२०२ को आयोजना हुँदैछ । यसका लािग नेपाली दुतावास लण्डनसँग सहकार्य गरेका छौं । वहाँहरूसँग सहकार्य भएता पनि विशेष आयोजना तमुधिंले नै गर्दैछ । यस मेलाको आयोजना किन गरिदै छ भन्ने विषयमा “हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरब” नारा नै प¥याप्त छ । हाम्रो संस्कृति हराए, पहिचान हराउछ, पहिचान हराए हाम्रो अस्तित्व नै हराउछ । त्यसैले यसको संरक्षण गर्नुपर्छ भन्ने उदेश्यले २००९ सालदेखि मेला आयोजना गर्दै आइरहेका छौंं । यसले नेपाली समुदायमा संघसंस्थाबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्दछ भने अर्को उदेश्य यस कार्यक्रमको आयोजनाले नेपाली नयाँ पुस्तामाझ भाषा, कला संस्कार, संस्कृतिलाई हस्तान्तरण गराउने एक माध्यम पनि हो ।’

यस्तै, तमुधिं यूकको अध्यक्ष हरि गुरुङले तमुधिं यूकेले आयोजना गरे पनि मेला सबैको साझा भएको बताए । मेलाबाट वचत रहेको रकम च्यारिटी मार्फत सहयोग दिइने उनको भनाइ थियो । उनले पनि दोश्रो पुस्तालाई नेपाली कला संस्कृति हस्तान्तरण गर्नु नेपाली मेलाको प्रमुख उद्देश्य रहेको बताए ।

Advertisement

यस्तै, उपाध्यक्ष कमल गुरुङले मेला आयोजना गर्न ३७ हजार पाउण्ड लाग्ने अनुमान गरिएको बताए । उनका अनुसार मेलामा खाना, पोशाक, गरगहना, च्यारिटी आदि गरि ३ दर्जन बढी स्टल रहने छन् ।

मेलामा राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतित्यता रहने छ भने बेलायतस्थित विभिन्न देशका कूटनीतिज्ञहरु, मेयरहरु, काउन्सिलरहरु, दुबै खुट्टा नभएका सगरमाथा आरोही हरि बुढामगर, सगरमाथा आरोही नायिका दिया पुन लगायत करिब १० हजार दर्शकको सहभागिता हुने आयोजकको अपेक्षा रहेको छ ।

आयोजकका अनुसार मेलामा २९ वटा टीमले झांकी प्रदर्शन गर्ने छन् । झांकीमा पहिलो हुने समूहलाई ५ सय, दोश्रो हुने समुहलाई ३ नसय र तृतीय हुने समुहलाई २०० पाउण्ड नगद पुरष्कार दिइने निर्णय भएको छ । सान्त्वना पुरस्कार स्वरुप तीन समूहलाई २०० पाउण्डका दरले पुरस्कृत गरिने भएको छ । झांकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११०० पाउण्ड नगदसहित एम्बासडर कप तथा तीनसय पाउण्ड हित एनआरएनए कप र ट्रफी, झांकी र सांस्कृतिक नृत्यमा दोश्रो हुनेलाई ७०० पाउण्ड, झांकी र सांस्कृतिक नृत्यमा तृतीय हुने टिमलाई ५०० पाउण्ड प्रदान गरिने भएको छ ।

तमुधिं युकेका अध्यक्ष हरी गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा तमुधि तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरू सुवासिं गुरुङ, रामचन्द्र (सुर्जे) गुरुङ र ज्ञाम गुरुङ, एफएनजे अध्यक्ष ध्रुबराज अर्याल, पूर्व अध्यक्षहरु नविन पोखरेल, चीरन शर्मी, फोनिज अध्यक्ष गोमा राना तथा संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आमा समूहका पदाधिकारीहरु, पत्रकारहरुको उपस्थिति थियो ।

महासचिव डा. विशाल गुरुङले संचालन गरेको उक्त पत्रकार सम्मेलनमा मेला संयोजक परशु गुरुङ र मिडिया सेक्रेटरी एसके गुरुङले उपस्थित सञ्चारकर्मीहरुलाई परिचयसहित सम्मान गरेका थिए । कार्यक्रममा तमुधिँका वरिष्ठ उपाध्यक्ष जुमकानी गुरुङले स्वागत मन्तव्य राखेका थिए भने ‘हेल्थ एण्ड सेफ्टी ब्रीफ’ पनि गरिएको थियो ।