काठमाडौं । विगत तीन दशकदेखि गीतसंगीतको क्षेत्रमा साधनारत कलाकार युवेन्द्र शाक्यले नयाँ सिर्जनास्वरुप म्यूजिक भिडियोहरु बजारमा ल्याएका छन् । आफ्नो अफिसियल साइटमार्फत् उनले बजारमा ल्याएको म्यूजिक भिडियोहरुमा ‘सागरभन्दा गहिरो‘, ‘कान्छी नानी‘ तथा ‘अरुणै किनारमा‘ रहेका छन् ।
संखुवासभाको चैनपुरमा जन्मेका युवेन्द्रले धनकुटाको हिलेबजारमा रहेर सांगीतिक ‘करिअर’ सुरु गरेका थिए । हालः उनी साउदी अरवको आवुधावीमा रहेका छन् ।
उनले पछिल्लो समय सार्वजनिक गरेको सांगीतिक कोसेलीहरुमा गायिका करुणा राईले आफ्नो स्वरमार्फत् सहयोग गरेकी छन् । यी गीतहरुमध्ये दुई वटा रोमान्टिक र एउटा लोकलयमा आधारित रहेको छ ।
म्युजिक भिडियोमा पारुहाङ राई, नुमा राईका साथै गायक स्वयम्ले अभिनय गरेका छन् ।