March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

नर्वेमा प्रकाशको फोटो प्रदर्शनी

4.7K

नर्वे । साहित्यकार तथा फोटोग्राफर प्रकाश आङ्देम्बेले खिचेको फोटाहरुको नर्वेमा प्रदर्शन भइरहेको छ । गुल्सेट सामुदायिक केन्द्र, सियन–नर्वेले ‘मन्थ अफ द आर्टिस्टका’ रुपमा प्रकाश आङदेम्बेलाई मे महिनाभरीका लागि चुनेको हो । यसअन्तर्गत उनको एकल फोटोग्राफी प्रदर्शनीको आयोजना गरिएको हो ।

नर्वेको दक्षिणी शहर सियनमा अवस्थित यो केन्द्र कला, साहित्य, भाषा, सँस्कृति, सृजनशिल, सामाजिक गतिविधिमा सक्रिय कम्युनकै एक केन्द्र हो । केन्द्रले संसारभरबाट आएका मानिसहरूलाई नि:शुल्क संस्कृति, भाषिक, सृजनशिल, सौन्दर्यहरू आदानप्रदान गराउँदै हितैसी भावना जगाउने काम गर्नुका साथै मानिसहरूलाई निशुल्क क्षमतावृद्दी तालिम प्रदान गर्दछ । केन्द्रले आफ्नो प्रदर्शनीकक्षमा हरेक महिना एक कलाकारको सृजनालाई समावेस गर्ने गर्दछ ।

प्रदर्शनीमा उनले पोट्रेट, ल्यान्डस्केप, क्रिएटिभ, शुक्ष्म र वाइल्ड फोटोहरू समावेस गरेका छन् । जहाँ नेपालको परिचयन दिने तस्वीरहरू बढी छन् ।

Advertisement

आङदेम्बे फोटोग्राफीमा पनि अढाई दशकभन्दा लामो समयदेखि निरन्तर साधनारत छन् । हरेक प्रकारका फोटोग्राफीमा पोख्त उनी आफू स्वयम चाही पोट्रेट, ल्यान्डस्केप र कलात्मक फोटोमा काम गर्न बढी पराउँछन् । जीवन र जगतको अज्ञात सौन्दर्यको खोजीको एक मार्ग फोटोग्राफी पनि हो भन्ने उनी ‘शब्दमा मात्र होइन, भाषामा मात्र होइन । फोटोमा पनि कविता भेटिन्छ ।’ भन्छन् । त्यस्तो फोटोग्राफीलाई उनी ‘पोइटिक फोटोग्राफी’ भन्न रुचाउँछन् ।

‘सियन’ नर्वेको प्राचीन र ऐतिहासिक शहर हुनका साथै विश्वप्रसिद्द कबि/नाटककार हेनरिक इव्सेनको जन्मभूमी पनि हो । यस्तो स्थानमा महिनाभर एउटा कलाकर्मीको रुपमा स्थान पाउने आङदेम्बे पहिलो नेपाली हुन् ।

सँगसँगै बाम्ले कम्युनको ब्रातोभेतमा पनि आङदेम्बेको अर्को फोटोप्रदशर्नी चलिरहेको छ । दक्षिण नर्वेका लोकप्रिय फोटोग्राफरहरूको साझा क्लब ‘ग्रेन्डल्यान्ड फोटो क्लब’को व्यानरमा एक दर्जन फोटोग्राफरहरूको पैतालिसवटा फोटोग्राफी सहभागी छन् । जहाँ आङदेम्बेको ‘प्रेमको आकास’ ‘रंगहरूको जङगल’ र ‘इश्वरको रंग’ शिर्षकका तीनवटा फोटोहरू सहभागी छन् ।

यो प्रदर्शनी मे पहिलो हप्तावाट शुरु भएर जुन महिनाभरी रहनेछ । नर्वेजियन फोटोग्राफर वाहेक आङदेम्बे एक मात्र सहभागी विदेसी मुलका फोटोग्राफर हुन् । नर्वे संसारभरका ल्यान्डस्केप फोटोग्राफरहरूको स्वप्नदेश हो । त्यसमाथि फोटोग्राफी विधालाई नर्वेमा कलाको उत्कृष्ठ विधाको मध्ये एक रुपमा हेर्ने गरिन्छ । आङदेम्बे भन्छन् “हरेक कुराको भाष्य र मुल्य निर्माण गर्न आवश्य हुनेरहेछ । भाष्य र मुल्य निर्माण गर्नलाई सँस्कार र सँस्कृति निमार्ण गुर्नपर्ने रहेछ । यहाँ मैले फोटोग्राफीको महत्व बुझ्न पाएँ । सिक्न पाएँ ।” आङदेम्बेलाई यो अभियानमा ‘द नेसन्स फ्यालेङ्स’ नामक संस्थाले पनि साथ दिइएको छ ।