July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

हेटौडाको ज्योति माविमा ‘राष्ट्रिय चित्रकला कार्यशाला’ हुने

मकवानपुर । हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयमा पाँच दिने ‘राष्ट्रिय चित्रकला कार्यशाला २०७८’ हुने भएको छ । विद्यालयको ५५औं विद्यालय दिवसको अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

पुष ७ गते देखि १२ गतेसम्म सञ्चालन हुने कार्यशालामा स्थानीय र राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको सहभागिता रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले जानकारी गराएका छन् ।

पाँच दिनसम्म चल्ने कार्यशालामा कुन्तीश्री थापा मोरंग, निलम भुर्तेल मोरंग, नम्रता सिंह मोरंग, भुषण दुलाल भक्तपुर, मुना भडेल भक्तपुर, सुजन डंगोल, तारा तामाङ ललितपुर, पृथ्वी श्रेष्ठ ललितपुर, राजन पन्त काठमाडौं, उध्दव रिमाल नुवाकोट, रोशन भण्डारी नुवाकोट, राजन काफ्ले रौतहट, मेख लिम्बु धनकुटा रहेका छन् भने स्थानीय कलाकारहरुमा लक्ष्मण भुजेल, चिरञ्जीवि श्रेष्ठ, सुजन राई, करिष्मा जोशी लगायतका कलाकार सहभागि रहनेछन् ।

Advertisement