काठमाडौं । गणेश खड्काको शब्द रहेको ‘रहरले परदेशी कोही हुन्न’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा राजनराज शिवाकोटीको संगीत, स्वरूपराज आचार्य र रचना रिमालको स्वर तथा नरेन्द्र वियोगीको संगीतसंयोजन रहेको छ ।
सेसेल्स र नेपालमा आधा–आधा भाग छायांकन गरिएको गीतको भिडियोलाई सुरेश पाण्डेले निर्देशन र पंकज श्रेष्ठले सह–निर्देशन गरेका हुन् ।
भिडियोमा आरपी पन्त, गरिमा शर्मा, निर्मल शर्मा र ममता लामाको मुख्य भूमिका रहेको छ भने सहायक भूमिकामा पंकज श्रेष्ठ, मनोज बिक, आरसी राई, खेम गोदार थापा, देवसिंह ठकुरी, विकाश थापा मगर, शिवराम अर्याल, चन्द्र चेम्जोङ बाल कलाकारमा तिलक बिकले सहायक भूमिका निर्वाह गरेका छन् ।
गुरिल्ला रक क्रियसनको पहिलो प्रस्तुति रहेको यो गीतको निर्माण पक्षले प्रवासमै रहेर पनि आफ्नो भाषा, साहित्य, सङ्गीत,संस्कृति र कलाको उन्नयनका निम्ति आगामी दिनमा पनि सक्दो प्रयास गर्ने बताउछन् । यस्तै, भिडियोमा अभाव, आवश्यकता र बाध्यताले देश छोडेर विदेशिन विवश लाखौँ नेपाली युवाहरुको साझा र सत्य कथा गीतको रुपमा सार्वजनिक भएको पनि निर्माण पक्ष बताउछन् ।
भिडियो साईराम पिक्चर्स युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।