April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एनआरएनएको सचिवमा कृष्ण संजेल केसी, धर्म राज खतिवडा र प्रवक्तामा प्रकाश धमला मनोनित

2.4K

काठमाडौं । गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले संघको सचिवमा कृष्ण संजेल केसी (अमेरिका) र धर्म राज खतिवडा (अष्ट्रिया) लाई मनोनित गरेको छ । त्यस्तै, प्रवक्तामा प्रकाश धमला, (दक्षिण कोरिया) लाई मनोनित गरेको छ ।

कृष्ण केसी एनसीसी अमेरिकाको २०१३–२०१५ कार्यकालको निर्वाचित संचार संयोजक (पदाधिकारी), र संघको २०१९–२०२१ को अन्तराष्ट्रिय परिषदको मानार्थ सदस्य तथा १०औं महाधिवेशनको प्रवक्ता थिए । त्यसैगरी घर्म राज खतिवडा एनसीसी अष्ट्रियाको पूर्व अध्यक्ष हुन् भने प्रवक्तमा मनोनित प्रकाश धमला २०११–२०१३, २०१३–२०१५ एनसीसी दक्षिण कोरियाका महासचिव तथा २०१७–२०१९ आईसीसी सदस्य थिए ।

मनोनित बनेकोमा गैर–आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष बिनोद कुँवरले बधाई ज्ञापन गरेका छन् ।

Advertisement

‘उहाँहरु तिनै जनाले गैर–आवासीय नेपाली संघको अभियानमा अविच्छिन्न रुपमा पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै यस जिम्मेवारीमा समेत गैर–आवासीय नेपाली संघको गरिमालाई थप उचाईमा पुर्याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा सहित हार्दिक बधाई ज्ञापन गर्दछु ।’, अध्यक्ष कुँवरले सामाजिक संजालमा लेखेका छन् ।