काठमाडौं । गैर–आवसिय नेपाली संघ (एनआरएनए)को महिला सचिवमा राधिका गुरुङ निर्विरोध चयन भएकी छन् । गुरुङ महाधिवेन अगाडि नै सचिवमा चयन भएकी हुन् ।
गुरुङ एनआरएनएको हङकङका निवर्तमान अध्यक्षसमेत हुन् । उनको विपक्षीमा कसैले उम्मेदवारी नआएपछि उनी निर्विरोध चयन भएकी हुन् ।
एनआरएनएको १०औं महाधिवेशन आगामी मार्च २४ र २५ गते हुने भएको छ । उक्त महाधिवेशनमा सहभागि बन्न विश्वभरका एनआरएनएहरु काठमाडौं आउने भएका छन् ।