लण्डन । नेपाली जनप्रगतिशील मंच युकेको राष्ट्रिय सम्मेलन डिसेम्बर १२ आईतबार भर्चुअरल रुपमा हुने भएको छ ।
बुधबार एक डिसेम्बरमा बसेको जनप्रगतिशील मंच यूकेको सम्मेलन आयोजक समितिको बैठकले मंचको चौथो सम्मेलन भर्चुअल माध्यमबाट गरिने निर्णय भएको छ । कोरोनाको बढदो संक्रमणलाई मध्यनजर गर्दै सम्मेलन भर्चुअल माध्यमबाट गरीने निर्णय भएको हो ।
आयोजक कमिटीका अध्यक्ष एवं नेपाली जनप्रगतिशील मंच यूकेका अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा बसेको बैठकले सम्मेलन सफल बनाउनका लागि कार्य समितिका कुनै सदस्यलाई आवश्यक जिम्मेवारी तोक्न सक्ने अधिकार मोर्चा अध्यक्षलाई प्रदान गरे अनुरूप प्रचार प्रसारका लागि राष्ट्रिय कमिटी सचिवालय सदस्य तथा युवा तथा विद्यार्थी विभाग प्रमुख नविन तामाङको संयोजकत्वमा २१ सदस्यीय प्रचार-प्रसार उपसमिति र संघ संस्थाहरूसंग समन्वय गरी पत्रकार बन्धुहरू र संघ संस्था प्रमुखहरूलाई भर्चुअल माध्यमबाटै भए पनि सम्मेलन सफलताको शुभकामनाका लागि आमन्त्रण गर्न राष्ट्रिय समिति सदस्य तुल छन्त्यालको संयोजकत्वमा नौ सदस्यीय संघ संस्था समन्वय उपसमिति पनि गठन गरिएको छ।
लामो समय देखि विविध कारणले हुन नसकिरहेको सन्दर्भमा अब हुन लागेको यो सम्मेलनबाट आगामी दुई बर्षका लागि नयाँ नेतृत्वको चयन हुने छ ।
सम्मेलनमा प्रमुख अतिथि का रूपमा पूर्व प्रधानमन्त्री एवं नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचन्ड” को उपस्थिति रहने छ । त्यसै गरी बिशेष अतिथि पार्टीका केन्द्रीय सदस्य तथा बिदेश बिभाग प्रमुख नारायण काजी श्रेष्ठ र अतिथिमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा , सचिव टी बी पाठक, नेपाली जनप्रगतिशील मंच यूरोपका अध्यक्ष सुरेन्द्र भुसाल र सचिव रण खाती क्षेत्रीको समेत को उपस्थिति रहने जानकारी आयोजक समितिले दिएका छन् ।