लन्डन । नेपालमा संक्रमणकालीन न्यायका सम्झौता विपरित गतिविधिहरु भएको भन्दै नेपाली जनप्रगतिशील मंच यूकेले ध्यानाकर्षण गरेको छ । मंचले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कार्यको यस्ता गतिविधिको कडा प्रतिवाद गर्ने जनाएको हो ।
अध्यक्ष मानबहादुर गुरुङ र महासचिव विमला लिम्बुद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्ध नेतृत्व गरेको तत्कालीन बिद्रोही पक्ष (नेकपा माओवादी) र नेपाल सरकारबीच अनमिनको रोहबरमा भएको शान्ति सम्झौतालाई अदालतले हस्तक्षेप गर्ने प्रयास गरेकोले यस कार्यको घोर भर्त्सना गर्दै नेपाली जनप्रगतिशील मंच यूके यसको कडा प्रतिवाद गर्दछ ।’
मंचले फेरिजनयुद्ध ब्युँझाउने काम नगर्न चेतावनीसमेत दिएको छ । जनयुद्धबाट प्राप्त चेतना र उपलब्धिहरुको खुलेर उपयोग गरी त्यसको जगमा प्रहर गर्नु सिंगो जनयुद्धको बदनाम गर्नु रहेको ठहर गर्दै यस्ता छलकपटपूर्ण षड्यन्त्रको बिरोध गर्ने चेतावनी दिएको हो ।
प्रेस विज्ञप्ति नेपाली राजदुतावास लन्डनका राजदूत ज्ञान चन्द्र आचार्यलाई पनि पठाईएको जानकारी संगठनका अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
‘संक्रमणकालीन न्यायको प्रक्रिया विपरितका काम कारवाहीहरुले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग नपुर्याउने हुनाले प्रक्रिया विपरित भईरहेका कार्यहरुलाई तुरुन्तै रोक्न हाम्रो संगठन जोडदार माग गर्दछ ।’, विज्ञप्तिमा उल्लेख छ ।