काठमाडौ । दुवई, युएईमा यहि कात्तिक १९ गते ‘नोभेम्बर ५, २०२१’ शुक्रबार १२ बजे दिउँसो बरदुवई स्थित मेजमान रेष्टुरेण्टको सभाहलमा लिम्बु भाषाको कथानक चलचित्र ‘थेत्लङ’ को विशेष प्रदर्शन हुने कुरा निर्देशक किशोर सुब्बाले जानकारी गराएका छन् ।
हिन्दुहरूको महान चाड तिहारको अवसर पारेर शुभकामना आदान प्रदानसंगै सम्मान कार्यक्रम सहित चलचित्रको प्रदर्शन हुन लागेको हो । त्यस्तै ‘नोभेम्बर १४’ कार्तिक २८ गते आईतवार दिनको ४ः३० बजे र बेलुकी ६ बजे, न्युयोर्क, ज्याक्सन हाईट स्थित ग्याल्सुङ् हलमा उक्त चलचित्रको विशेष प्रदर्शन हुँदैछ भने यस कार्यक्रमको दिपक थेवे किरात याक्थुंङ चुम्लुङ अमेरिकाको तर्फबाट संयोजक रहेका छन् भने विभिन्न आदिवासी जनजाती संघ, संस्थाहरूको पनि सहयोग रहने बताईएको छ । आयोजक पक्षले दबै तिर आआफ्नो समय मिलाएर चलचित्र हेर्न आईदिन आग्रह गरेको छ ।
चलचित्रमा विशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबाङ, सागर केरुङ, सुखविर लिम्बु लगायतका कलाकार रहेका छन् भने निर्मातामा मनि ताम्लिङ र बिराज लिम्बु रहेका छन् ।
ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘थेत्लङ’ सिक्किमको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ ।
चलचित्रमा नृत्य दिनेश लिम्बु, संगीत कुल्बा सुब्बा, राजु, पबिन, मोनि, छायांकन हेमन्त योञ्जन, सम्पादन सुमन र कथा देउमान होन्दोक लिम्बु, पटकथा, सम्वाद सागर केरुङको रहेको छ ।