April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

एनआरएनए कार्यसमितिको निर्वाचन तथा महाधिवेशन आगामी नोभेम्वर ३० भित्र गर्ने तयारी

2.6K

काठमाडौ । गैरआवासीय नेपाली संघको ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले संघको १० औँ कार्यसमितिको निर्वाचन तथा महाधिवेशन आगामी नोभेम्बर ३० तारिख, २०२१, भित्र गर्ने वातावरण मिलाउने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शनिवार भर्चुअल माध्यमबाट बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले गैरआवासीय नेपाली संघको विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिनाको लागि थप गर्ने निर्णय गरेको छ ।

बैठकले संघको महाधिवेशन प्रतिनिधिहरुको सम्बन्धमा आएका गुनासाहरूलाई सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा टिओआर सहित एक स्वतन्त्र समिति गठन गर्ने र सो समितिको सुझावको आधारमा आएका प्रतिनिधिहरुको नामावलीलाई निर्वाचन समितिमा पठाउने निर्णय गरेको छ ।

Advertisement