November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

फेसबुक पेज ह्याक गरी अनधिकृत सामग्री प्रसारण गरेकोमा एनआरएनए युकेको आपत्ति

4.2K

लण्डन । फेसबुक पेज ह्याक गरी अनधिकृत सामग्री प्रसारण गरिएको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले प्रेस विज्ञप्ती जारी गरेको छ । एनआरएनएको आधिकारिक फेसबुक पेज ‘नेपाल ब्रिटेन न्युज पोर्टलको एडमिनबाट ह्याक गरी उक्त पेजबाट भाइ चिरन भनेर चिनिने देवराज आचार्यको नामबाट चलाई हेमराज शर्माको प्रचार सामग्री प्रसारण गरिएको भन्दै प्रेस विज्ञप्ती जारी गरिएको हो ।

उक्त आपराधिक कार्यमा महासचिव हेमराज शर्माकै संलग्नता रहेको भन्दै यसरी ह्याक गरी अनधिकृत सामग्री प्रसारण गरिनु निन्दनीय कार्य रहेको विज्ञप्तीमा उल्लेख छ ।

एनआरएनए युकेका प्रवक्ता भरतमणी चोङ्बाङद्धारा प्रेसित विज्ञप्तीमा या आपराधिक कार्य भएको उल्लेख गर्दै कानुनी उपचारबो बाटो खोज्ने र उक्त फेसबुक पेजबाट आएका सामग्रीबाट भ्रममा नपर्न अनुरोध समेत गरिएको छ ।

Advertisement