April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लण्डनमा मेयर विष्णु गुरुङद्धारा गोर्खा सोलिसिटर्स फर्मको कार्यालय उद्घाटन

3.2K

लण्डन । गोर्खाको सन्तानद्वारा बेलायतमा पहिलोपटक खोलिएको ल फर्म (गोर्खा सोलिसिटर्स लिमीटेड) को औपचारिक रुपमा उद्धघाटन भएको छ । फर्म गत ३ अक्टोबरका दिन हन्स्लो बरो अफ लण्डनका मेयर विष्णु गुरुङले रिवन काटेर उद्घाटन गरेका हुन् ।

कार्यक्रममा कानून व्यवसायीसँग सम्बन्धित सोलिसिटर्स र ब्यारीष्टर्सहरू अन्य प्रोफेशनलहरू र विभिन्न संघ–संस्थाका नेतृत्व तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहभागिहरूलाई स्वागत गर्दै गोर्खा सोलिसिटर्स लिमीटेडका डाईरेक्टर तथा प्रिन्सिपल सोलिसिटर उत्तरमान तिगेला लिम्बुले गोर्खा सोलिसिटर्स फर्म र उक्त फर्मले प्रदान गर्ने सेवाहरूका बारेमा संक्षिप्त रुपमा जानकारी गराएका थिए ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथि गुरुङले गोर्खा सोलिसिटर्स फर्मलाई बधाई दिँदै उक्त फर्मले नेपाली तथा गैर नेपालीहरूलाई गुणस्तरीय कानुनी सेवा प्रदान गर्न सफल हुन सकोस भनी शुभकामना दिएका थिए ।

त्यसैगरी गोर्खा मुद्घामा लामो अनुभव तथा प्रसिद्धि कमाएका चर्चित ब्यारिष्टर राफेल जेसुरुम, ब्यारिष्टर देवेन्द्र श्रेष्ठ, सोलिसिटरहरू दिपक भट्टराई, विपिन रेग्मी र अमर गुरुङले पनि शूभकामना मन्तव्य राखेका थिए ।

समाचार स्रोतका अनुसार गोर्खा सोलिसिटर्स लिमीटेडको कार्यालयको औपचारिक उद्घाटन भर्खर मात्र भएता पनि उक्त ल फर्मले गत मे महिनादेखि नै आफ्नो कार्यालय स्थापना गरी कानुनी सेवा संचालन गर्दै आईरहेको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको वेलायतको दक्षिण भाग अर्थात हिथ्रो एयरपोर्ट नजिक लण्डनको हन्स्लो शहरमा खोलिएको सोलिसिटर्स फर्मले अत्यधिक गोर्खा तथा नेपालीको परिवार साथै स्थानीय समुदायलाई सुविधा उपलब्ध गराउने बताइएको छ ।

फर्मका प्रिन्सिपल सोलिसीटर तिगेलाले विगत दुई दशकदेखि कानुनी सहायता दिँदै आएका छन् र उनलाई अनुभवी सोलिसिटरको रुपमा चिनिन्छ । गोर्खा सोलिसिटर्स लिमीटेड वेभसाइटबाट समेत सम्पर्क र सुविधा उपलब्ध भएको जानकारी प्राप्त भएको छ ।