April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कुवेतमा एक वर्षमा ५९ जना नेपालीको निधन , ४९ जना जेलमा

6.7K

कुवेत – कुवेतमा एक बर्षको अबधिमा ५९ जना नेपालीले ज्यान गुमाएका छन । ज्यान गुमाउनेहरुमा साल २०७७ भित्र मात्र ३८ पुरुष र २१ जना महिला रहेका छन । जसमा कोरोनाबाट मात्र ९ पुरुष र ३ महिला गरि १२ जनाको निधन भएको छ ।

करिव ७० हजारको हाराहारीमा नेपाली जनसंख्या रहेको कुवेतमा प्राय सडक दुर्घटना , आत्महत्या , कोरोना लगायत अन्य रोगबाट नेपालीहरुको निधन भएको दूतावास श्रोतले जानकारी दिएको छ ।

त्यसैगरि कुवेतको सेन्टरल जेलमा ४९ जना नेपाली रहेका छन । आपराधिक तथा गैरकानुनी कार्यमा संलग्न उनीहरुले अपराध अनुसारको सजाय भोग्दैछन् । कोरोना सुरुभए यता ईलिगल भई नेपाल जाने र कुवेत छोडी छुट्टि तथा बिट मारि जानेहरुले गर्दा कुवेतमा नेपालीको सङ्ख्यामा कमि आएको छ ।

Advertisement