काठमाडौं । जसपा नेपालका केन्द्रीय सदस्य सुमन खड्का नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
सोमबार खड्कासँगै बागमती प्रदेश सदस्य सोवितकुमार महर्जन र ललितपुर महालक्ष्मी ६ वडाका वडा सदस्य सुरेन्द्र महर्जन पनि नेकपामा प्रवेश गरेका हुन् ।
उनीहरूलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् ।