काठमाडौं । नेकपा एमालेको संसदीय दलका नेता रामबहादुर थापा बादल भएका छन् । आज संसदीय दलको नेता चयनका क्रममा भएको छलफलमा थापा निर्विरोध निर्वाचित भएका हुन्।
संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्बाङले दाबी गरेका थिए ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुने तयारी गरिएको थियो । दुवैले निर्वाचनका लागि फारम लगेर मनोनयन दर्ताको अवस्था भए पनि अन्तिम समयमा सुहाङलाई प्रस्तावक र समर्थकको अभाव भएपछि थापा संसदीय दलको नेतामा निर्विरोध भएका हुन् ।
दुवैले मनोनयन पत्र लिए पनि निर्धारित समयमा थापाले मात्र बुझाएको निर्वाचन विभाग प्रमुख निरज आचार्यले बताए ।
अपराह्न ४ बजेसम्म फारम बुझाउने समय थियो। त्यो अवधिमा थापाले मात्र फारम बुझाए।