April 2, 2026, Thursday
२०८२ चैत्र १९
1:37:26 pm

देउवा पक्षीय कांग्रेसको बैठक सुरु

675

काठमाडौं। नेपाली कांग्रेसका तत्कालीन कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको देउवा पक्षीय बैठक सुरु भएको छ । धुम्बाराहीस्थित स्मार्ट होटलमामा बिहान ११ बजेका लागि बोलाइएको बैठक भर्खरै सुरु भएको हो । 

निर्वाचनमा पार्टी हारको समीक्षा र पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न भन्दै बैठक बोलाइएको हो ।

संस्थापनपक्षले निर्वाचन हारको समीक्षा बैठक सकिनसाथ देउवा पक्षको बैठक राखिएको हो । बैठकमा तत्कालीन देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति छ । तत्कालीन केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार बैठकमा ८२ नेता उपस्थिति छन् । 

बैठकमा नेता शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, शशांक कोइराला, एनपी सावद, मिनेन्द्र रिजाल, बलबहादुर केसी, बद्री पाण्डे, जीवन परिवारसहितका नेताहरूको उपस्थिति छ ।

Advertisement