काठमाडौं । नेपाली कुस्ती खेलाडी किर्गिस्तान जाने भएका छन् । किर्गिस्तानको बिस्केकमा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न उनीहरू त्यसतर्फ जान लागेका हुन् ।
अप्रिल ५ देखि १२ तारिखसम्म हुने सिनियर एसियाली कुस्ती प्रतियोगिता तथा अप्रिल १२ देखि १४ तारिखसम्म हुने सिनियर एसियाली बेल्ट कुस्ती एलिस प्रतियोगितामा खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
दुवै प्रतियोगितामा पुरुष ७४ केजीमा सुरेश चुनारा तथा ९७ केजीमा त्रिलोकीप्रसाद यादवले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सुरेशले गत वर्ष भारतमा भएको एसियाली वेल्टमा कांस्य जितेका थिए ।
प्रशिक्षकमा मुम्ताज अली इद्रिसी रहेका छन् । खेलाडीसहितको ३ सदस्यीय टोली चैत २४ गते किर्गिस्तान जाने छन् ।