April 3, 2026, Friday
२०८२ चैत्र २०
1:37:26 pm

आज रुकुम पूर्वमा पहिलो चुनावीसभा गर्दै प्रचण्ड

360

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नायगाडमा आयोजित चुनावी सभालाई संबोधन गर्ने भएका छन् ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाको नेटामा रहेको सहिद स्मृति पार्कमा पुगेर सहिदका प्रतिमामा माल्यार्पण गरेका प्रचण्डले त्यहाँ उपस्थित सहिद परिवारलाई सम्मान समेत गरेका छन् ।

मतदाता भेटघाटका लागि सिस्ने गाउँपालिकाको नायगाड पुगेका प्रचण्ड मङ्गलबार विहान नेटामा रहेको सहिद पार्क पुगेका हुन् ।

Advertisement

प्वाङ स्वास्थ्य चौचीको समेत निरीक्षण गरेका प्रचण्डले आजै नायगाडमा आयोजित चुनावी सभालाई संबोधन गर्न लागेका हुन् । यो प्रचण्डको पहिलो चुनावीसभा हुनेछ ।