April 2, 2026, Thursday
२०८२ चैत्र १९
1:37:26 pm

सभामुखमा डीपी अर्याललाई पठाउने रास्वपाको निर्णय

305

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखको लागि पार्टी उपसभापति डीपी अर्याललाई पठाउने भएको छ ।

पार्टीको आज भएको संसदीय दलको बैठकले अर्याललाई सभामुखका रुपमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।

संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले उपसभापति अर्याललाई सभामुखको उम्मेदवारका रुपमा प्रस्ताव गरेका थिए । सभापति लामिछानेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो ।

Advertisement

सभामुख चयनका लागि आगामी चैत २२ गते निर्वाचन हुनेछ ।