धनुषाको ढल्केबरको एक होटलमा युवती मृत फेला परेकी छन्।
मिथिला नगरपालिका–६ ढल्केबरमा रहेको जुनतारा स्टाप लाइन होटलमा पोखरा महानगरपालिका–१३ मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएकी हुन् ।
उनको मृत्युको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
होटल सञ्चालक भने फरार भएको प्रहरीको भनाइ छ ।