January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

राष्ट्रको एकता र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ: प्रचण्ड

460

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत् राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका हुन् ।

पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको उनले दाबी पनि गरे ।

mostbet

जेनजी युवाहरूले आफ्ना विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको भनि बुझ्न थालेको भन्दै प्रचण्डले भने, “यो राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । देशलाई आर्थिक रूपमा समृद्ध बनाउने जिम्मेवारी पनि हाम्रो काँधमा छ । त्यो एक्लैदुक्लै गरेर सकिने कुरा होइन त्यसको लागि एउटा बृहत् राष्ट्रिय एकताको आवश्यकता पर्छ । त्यही उद्देश्य बोकेर नै हामीले विभिन्न १७ वटा सानाठूला कम्युनिस्ट घटकहरूलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टी स्थापना गरेर हामी अगाडि बढ्दैछौं ।”

Advertisement

यो प्रक्रियासँगै सबै प्रदेश, जिल्ला र पालिकामा पनि युवाहरू नेकपामा केन्द्रित हुने अवस्था बढ्दै गएको उनको दाबी छ ।

उनले मुलुकको बृहत्तर हितका लागि सधैं तत्पर रहन सबैसँग आग्रह समेत गरे ।