November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेले ‘कुलिङ अफ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ: विश्वप्रकाश शर्मा

710

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले राष्ट्रिय सभामा राखेको ‘कुलिङ अफ पिरियड’माथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने चेतावनी दिएका छन् ।

मंगलबार ४३ औँ बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रतिनिधिसभाबाट भएको कुलिङ पिरियडसम्बन्धी गल्तीलाई राष्ट्रिय सभाबाट सच्याउन र दोषीलाई कारबाही गर्न सर्वसम्मत रूपमा छानबिन समिति बनाइएको स्मरण गराएका हुन् ।

‘राज्य व्यवस्था समितिबाट पारित भएको कुलिङ पिरियडको जुन विषय थियो, त्यो विषयको सन्दर्भमा सम्माननीय सभामुखमार्फत छानबिन समिति बनेको छ, जसको दोषको पाटो छ, उसलाई कारबाही गर्नुपर्छ । सँगै हामीले राज्य व्यवस्था समितिबाट सर्वसम्मत रूपमा अपिल गरेका छौँ, आह्वान गरेका छौँ, राष्ट्रिय सभामार्फत यसलाई सच्याइनुपर्छ’, महामन्त्री शर्माले भने ।

Advertisement

सर्वसम्मत रूपमा गरिएको निर्णयविरुद्ध एमालेले कुलिङ पिरियड हटाउन गरिरहेको प्रयासले दुर्घटना निम्त्याउने उनको चेतावनी थियो ।

गठबन्धनमा रहेका दलहरूबीचको फरक धारणा र फरक मतलाई सम्मान गर्न पनि महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरे