March 31, 2025, Monday
२०८१ चैत्र १८
1:37:26 pm

समाजवादी मोर्चाको विरोध प्रदर्शनको रुट तय

380

काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनको रुट तय भएको छ । मोर्चाका अनुसार बिहान ११ बजेदेखि जुलुस निकाल्न सुरु हुनेछ ।

रुट नम्बर–१ का रुपमा कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भद्रकाली–भृकुटीमण्डप (भद्रकालीतर्फ मुख्यसडकमा नै रहने) छ ।

यस्तै रुट नम्बर–२ मा कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्ति बाटिका–भृकुटिमण्डप (रत्नपार्कतर्फको भागमा नै रहने) छ भने रुट नम्बर–३ मा सोह्रखुट्टे–लैनचौर–नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप (आर.आर. क्याम्पसतर्फको भागमा नै रहने) छ ।

Advertisement

गणतन्त्रको पक्षमा निकालिने उक्त जुलुस सोह्रखुट्टे चोक, बबरमहल (पुलको छेउ), कुपण्डोल (हनुमानथान), त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड गेट, मैती देवी चोकमा भेला भएर सुरु हुनेछ ।

१ बजेदेखि हुने वृहत जनसभा कार्यक्रमको मन्च भने भृकुटीमण्डपबाट निस्कने चोकमा टी आकारमा रहने मोर्चाको भनाइ छ ।