November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेसँग विद्रोहको औचित्य पुष्टि भएन भन्नेको प्रतिवाद गर्नुस् : माधव नेपाल

1.1K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरूसँग प्रतिवाद गर्न  निर्देशन दिएका छन् ।

शनिबार पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले  काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरू नसुन्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराएका हुन्।

अध्यक्ष नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएकाले त्यस्ता कुरा पार्टीका नेता, कार्यकर्ताहरूले सुन्न आवश्यक नरहेको बताए ।

Advertisement

उनले भने ‘अहिले एउटा कुरा म सुन्ने गर्दछु–यो तीन वटा शब्द तपाईँहरू कसैले नसुन्नुस् । कान बन्द गरिदिए हुन्छ । पहिलो कुरा, विद्रोहको औचित्य पुष्टि भएन । यो वाहियात कुरा सुन्दै नसुन्नुस् । तुरुन्त खण्डन गर्नुस् । प्रत्येक घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । अहिले पनि भइराखेको छ । दिनदिनै भइराखेको छ । विद्रोह गर्नु जायज थियो । विद्रोह नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाको निम्ति दृढतापूर्वक उभिने योद्धाहरू हराएर जाने थिए । दास भएर बस्नुपर्दथ्यो । समर्पण गरेर बस्नुपर्दथ्यो । हामी सबैको भविष्य खत्तम भइसकेको हुने थियो । हामीले देखेका छौँ कतिपय नेताहरूको के भएको छ बिजोग । त्यही बिजोग हाम्रो पनि हुने थियो । त्यस्ता चुनौतीको सामना गरेर अघि बढ्ने आँट गर्यौँ ।’