काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन्।
जारी १०औँ राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गरेको हो।
झलनाथ खनाल सम्मानित नेता चयन भएका छन्। यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो। अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ।