काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दसौं राष्ट्रिय महाधिवेशनबाट आइतबारबाट सुरू हुँदैछ । असार २० गतेसम्म चल्ने महाधिवेशनको आज उद्घाटन सत्र हुनेछ ।
प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशनको उद्घाटन सत्रअघि बिहान ११ बजे भृकुटीमण्डपबाट ¥याली निस्कने एकीकृत समाजवादीले जानकारी दिएको छ ।
२०७८ भदौमा नेकपा (एमाले)बाट विभाजन भएर नयाँ पार्टी गठन गरेयता एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन आयोजना गर्दैछ । तथापि एमालेकै निरन्तरता भएकाले यसलाई उसले दसौं महाधिवेशन बताएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ ।