काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद प्रदीप पौडेलले पैदल यात्रा सुरु गरेका छन् । रिङरोडको कलंकी–धोबीखोला सडकखण्ड विस्तारको मागसहित उनले बिहान ७ बजेदेखि पैदलयात्रा सुरु गरेका हुन् ।
कलंकी–धोबीखोला सडक विस्तार तुरून्त अघि बढाउन दबाब दिने उद्देश्यले सुरु भएको पौडेलको पैदलयात्रामा कार्यकर्ताहरू पनि सहभागी छन् । ‘धुलो–धुवाँ, फोहोर र हिलो जता–तता, सटर बन्द गरी जाउ कता’, ‘कसरी मनाउ राज्यलाई राज्य मान्दैनन्, नागरिकको बोली सुन्दै सुन्दैनन्, राज्यले सुन्ने ‘बिगुल’ म कहाँबाट ल्याउँ’ उल्लेख गरिएको ब्यानरसहित कार्यकर्ताहरू पनि सहभागी थिए ।
दबाब यात्रा सुरू बिहान करिब १०ः३० बजे धोबीखोला पुग्ने कार्यक्रम छ ।




