April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना हुने

845

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना हुने भएको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको संयोजनमा यही असार १८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी’ आयोेजना हुने बताइएको छ ।

गणतन्त्र स्थापनाका लागि गिरिजाले दिएको अथक योगदान र सङ्घर्षलाई फोटो प्रदर्शनीमार्फत देखाउन खोजिएको बताइएको छ।

Advertisement

कांग्रेसले प्रदर्शनीमा राख्नका लागि आफूसँग भएका दुर्लभ फोटो यही असार १५ गतेसम्म पठाउन सबैलाई अनुरोधसमेत गरेको छ ।

फोटो प्रदर्शनीका दिन विभिन्न विषयमा विज्ञ वक्ताको विमर्श कार्यक्रम गरिने छ भने प्रदर्शनीको कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्नेछन्।