काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले आफूहरुको पार्टीको काँधमा ठूलो र गम्भीर जिम्मेवारी रहेको बताएका छन् । काठमाडौंमा आइतबार नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रियामा बोल्दै उनले अबको बाटो समाजवादी क्रान्तिको भएको बताएका हुन् ।
एकीकृत समाजवादीले समाजवादी क्रान्तिको बाटो अपनाएको भन्दै नेता कार्यकर्ताहरुलाई त्यस दिशामा लाग्न आग्रह गरे । उनले एमाले अध्यक्ष ओलीले एमालेभित्र समाजवादी क्रान्तिको बाटो अवरुध्द गरेको आरोसमेत लगाए ।
नेता भुसालले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले नेपालमा समाजवाद ल्याउन नसक्ने भन्दै एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने उयल्लेख गरे ।
‘एमालेले आगामी दिनमा व्यक्ति पूजाको अझै ठूलो प्रयत्न गर्नेछ,’ उनले भने, । यस्तै माओवादी केन्द्रको समाजवादी क्रान्ति ल्याउने उमेर नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने उनको भनाइ थियो । ‘हाम्रो यो सानो पार्टी नेकपा (एकीकृत समाजवादी) का काँधमा ठूलो र गम्भीर जिम्मेवारी छ’, उनले भने ।
महासचिव भुसालले मुलुकमा विद्यमान सम्पूर्ण समस्या र विकृति समाधानका लागि समाजवादी कार्यक्रम तथा परियोजना निर्माण तथा कार्यान्वयन गर्दै अधि बढ्नुको विकल्प नभएको उनको भनाई थियो ।