April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सहकारी ठगीको छानबिन र  प्रेस स्वतन्त्रताको पक्षमा तरुण दलको मसाल जुलुस

1.2K

काठमाडौं। सबै खाले भ्रष्टाचारको छानबिन, सहकारी ठगीको छानबिन र  प्रेस स्वतन्त्रताको पक्षमा नेपाल तरुण दलले मसाल जुलुसको आयोजना गरेको छ। शनिबार गोंगबुमानमसाल जुलुसको आयोजना गरिएको हो ।

मसाल जुलुसपछि आयोजित कोणसभामा बोल्दै दलका केन्द्रीय सदस्य निरञ्जन थापाले भने, ‘हिजाे समाजमा गलत काम गर्ने फटाहाहरू मुख थुनेर लुकेर हिँड्ने गर्थे तर आज चर्को स्वरमा टाईसुट लगाए भगवान्को रूपमा समाजमा ठगीको धन्दा गर्ने गिरोह नै हाबी भए ।’

गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्ट र सहकारी ठगीको सप्रमाणसहित कान्तिपुर दैनिकमा समाचार लेखेकै भरमा कैलाश सिरोहियालाई पक्राउ गर्नु गलत भएको बताउँदै उनले नेपाली काङ्ग्रेस प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए ।

Advertisement