April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

कांग्रेसले कसैलाई अँध्यारोमा प्रधानमन्त्रीको प्रस्ताव गर्दैन: विश्वप्रकाश शर्मा

950

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् । बिहीबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले कसैलाई पनि अँध्यारोमा प्रस्ताव नगर्ने स्पष्टीकरण दिएका हुन् ।

महामन्त्री शर्माले कांग्रेसले माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरेझैं हाकाहाक्की गर्ने बताएका हु्न् ।

महामन्त्री शर्माले भने, ‘कसैलाई प्रधानमन्त्री बनाउन पर्‍यो भने कांग्रेस हाकाहाक्की गर्छ । माधव नेपाललाई शेरबहादुर देउवा गएर भेटेको देख्नुभयो नि । कांग्रेसले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने हो भने उज्यालोमा माधव नेपाललाई जसरी गर्छ । माधव नेपाल आफ्नो गणितीय आधारमा अस्वीकार गर्नुभयो ।’

Advertisement