April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

गृहमन्त्री लामिछानेलाई कारबाहीको माग गर्दै धनराज गुरुङले दिए निवेदन

965

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि संसद्माथिको अवहेलनामा कारबाही गरीपाउँ भन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निवेदन दिएका छन् ।

गृहमन्त्रीबाट कांग्रेसका नेतामाथि बढाइचढाइ नभएको कुरामा लाञ्छना लगाएको र कूटनीतिक राहदानी दुरुपयोगका विषयमा भ्रम सिर्जना गरेको भन्दै गुरुङले सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका हुन् ।

गुरुङले गृहमन्त्रीलाई आरोप पुष्टि गर्न चुनौती दिँदै गृहमन्त्रीले संसदीय नियमावलीको नियम पनि नमानेको भएको हुँसा अवहेलनामा कारवाही गर्न माग गरेका छन् ।

Advertisement

गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री गगन थापामाथि सूचना विदेशीलाई बेचेको, नेपालमै नियुक्तिमा कमिसन लिएको, बाख्रा पालनदेखि कलेजको पार्क बनाउँदा भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

गुरुङलाई रातो पासपोर्ट दुरुपयोग गरेको र रोलेक्स घडी काण्डमा रामहरि खतिवडालाई समेत छानबिन किन नगर्ने भन्दै प्रश्न उठाएका थिए ।