काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ ।
मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वास मत लिन बोलाइएको बैठक सुरू हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र नागरिक उन्मुक्ति पार्टी(नाउपा) रेशम चौधरी पक्षका सांसद्हरूले विरोध गरेपछि बैठक स्थगित भएको हो ।
सरकार गठन र मुख्यमन्त्री नियुक्ती प्रक्रिया असंवैधानिक भएको भन्दै नारावाजी भएपछि सभामुख भीमबहादुर भण्डारीले आधा घण्टाको लागि बैठक स्थगित गरिएको जानकारी गराएका हुन् ।