April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

चार हजारभन्दा धेरै इसेवा खाता ह्याक गरी रकम चोरी गर्ने युवक पक्राउ

1.1K

काठमाडौं । चार हजारभन्दा धेरैको इसेवा खाता ह्याक गरी रकम चोरी गर्ने युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भएका २२ वर्षीय राहुल बुढा रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार कालीमाटीबाट पक्राउ गरेको हो। 

mostbet

बुढाले एसएमएसमार्फत खाता निलम्बन हुन लागेको चेतावनी दिएर भेरिफाईका लागि भन्दै लिंक पठाई खाता ह्याक गरी इसेवाको रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको नाममा ट्रान्सफर गरेको प्रहरीले जनाएको छ।

Advertisement

एसपी अंगुर जिसीका अनुसार उनले यसरी एक करोड दुई लाख रुपैयाँ चोरी गरेका थिए।