काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेका छन् । उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार आगामी वैशाख १२ गते दिउँसो १ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार विद्यालय शिक्षा विधेयक लगायत पारित गर्नका लागि संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको हो ।