November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकका लागि न्यायको माग गर्दै आज मौन प्रदर्शन

1.4K

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले स्वर्गीय पत्रकार सुरेश रजकका लागि न्याय माग गर्दै काठमाडौंमा आज मौन प्रदर्शन गर्दैछ । रत्नपार्कस्थित शान्तिबाटिकामा दिउँसो १ बजे हुने मौन प्रदर्शन हुन लागेको हो ।

पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानवीन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गर्न लागिएको महासचिव रोहित दाहालले जानकारी दिए ।

राज्यको ध्यानाकर्षण गराउनका लागि आयोजना गरिएको प्रदर्शनमा सबै पत्रकार तथा सञ्चारकर्मीलाई सहभागी हुन आग्रह गरिएको छ । गत चैत १५ गते समाचार संकलनका क्रममा काठमाडौंको तिनकुनेमा आगोमा जलेर रजकको मृत्यु भएको थियो ।

Advertisement