April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

एकीकृत समाजवादी मकवानपुरको नवौं जिल्ला सम्मेलन सम्पन्न

1.1K

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) मकवानपुरको नवौं जिल्ला सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनले अध्यक्षमा विष्णुप्रसाद दाहाललाई चयन गरेको छ। हेटौँडामा बैखाश १५-१६ सम्पन्न नवौँ जिल्ला सम्मेलनले दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको हो।

कमिटीको उपाध्यक्षमा कल्पना विश्वकर्मा, सचिवमा ध्रुवकुमार भुजेल, उपसचिवमा टङ्कप्रसाद मोक्तान, कविन पन्त र बेगम बराल चयन भएको एकीकृत समाजवादी मकवानपुरले जनाएको छ।

Advertisement

समितिको सदस्यमा सुकराम केसी, ज्ञानेन्द्र देवकोटा, रमेशकुमार राई, बिएन शर्मा, बलराम बल, राजु अधिकारी, गजेन्द्र कन्दगङ्वा, मनोज वाइबा, धन मोक्तान, शुक्रदेवी बल, सरस्वती तिम्लिसिना, रजनी तिवारी, शान्तिप्रिय बन्दनालगायत चयन भएका छन्। अधिवेशनको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए।