May 18, 2024, Saturday
२०८१ जेष्ठ ६
1:37:26 pm

कांग्रेसले विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने

570

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंकी विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ । मंगलबार बिहान बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तारुढ दलहरुले भने राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन् ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले यही चैत १५ गते पदबाट राजीनामा दिएपछि उपाध्यक्ष खाली छ ।

Advertisement