May 18, 2024, Saturday
२०८१ जेष्ठ ६
1:37:26 pm

सनापाले पहिचान पक्षधरका साझा उम्मेद्वार थेगिमलाई समर्थन गर्ने

2K

विराटनगर । संयुक्त नागरिक पार्टी (सनापा)ले आगामी वैशाख १५ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बुलाई समर्थन गर्ने भएको छ । २५ गते काठमाडौंमा बसेको पार्टीको संघीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

थेगिम जनताको हित र रक्षाको लागि पहिचान पक्षधरका साझा उम्मेद्वार रहेको उल्लेख गर्दै पार्टीले चुनाव प्रचारप्रसार लगायत निर्वाचन केन्द्रित सम्पूर्ण गतिविधिमा पूर्ण समर्थन र साथ सहयोग रहने अध्यक्ष दलमर्दन कामीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले ईलाम २ का सम्पूर्ण मतदाताहरुलाई पहिचान पक्षका स्वतन्त्र उम्मेद्वार थेगिमलाई आफ्नो अमुल्य मत दिई विजयी गराउन अपिल समेत गरेको छ ।

Advertisement