April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

945

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । संसद्मा जारी अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतासँग भेटवार्ता गरेका हुन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखकसहितका नेताहरु सहभागी थिए ।

छलफलपछि कांग्रेसका प्रमुख सचेतक लेखकले सहकारी ठगी प्रकरणमा कांग्रेसकै माग बमोजिम संसदीय समिति बनाउन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको जानकारी दिए । साथै, प्रधानमन्त्रीले संसद्को गतिरोध चाँडै अन्त्य होस् भन्ने पनि चाहना राखेको उनको भनाइ छ ।

Advertisement

कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।