March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

नेपाली समुदायलाई सम्बोधन गर्दै बेलायती प्रधानमन्त्री ऋषि सुनक

1.2K

लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाली समुदायलाई सम्बोधन गर्ने भएका छन् । उनले पहिलोपटक टेन डाउनिङ स्ट्रिटमा नेपाली समुदायलाई सम्बोधन गर्ने भएका हुन्।

नेपाल बेलायत शान्ति तथा मैत्री सन्धि भएको १०० वर्षगाँठ मनाउन टेन डाउनिङ स्ट्रिटमा विशेष कार्यक्रम गर्न लागिएको हो । बेलायती प्रधानमन्त्रीले नेपालीलाई व्यक्तिगत रुपमा वा सानो समूहसँग भेटघाट गरेपनि समुदायलाई नै सम्बोधन गर्न लागेको यो पहिलोपटक हो ।

उनले यही मे २० तारिख सोमबार साँझ ५ बजे टेन डाउनिङ स्ट्रिटमा सम्बोधन गर्ने कार्यक्रम छ ।

Advertisement

प्रधानमन्त्रीको कार्यालयका अनुसार बेलायत र नेपालबीच द्विपक्षीय सम्बन्ध तथा दुई देशबीच मैत्री सन्धिमा हस्ताक्षर भएको एक सय वर्षगाँठ मनाउने उद्देश्यले कार्यक्रम तय भएको हो।

समारोहमा बेलायतको नेपाली समुदायबाट प्रतिनिधिमूलक रुपमा झण्डै १२० जनाको सहभागिता रहनेछ । त्यस्तै, नेपालसंग निकट करिब दुई दर्जन बेलायती पनि सहभागी हुनेछन्।