काठमाडौं। सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति जुटेको छ । आज बसेको सत्तापक्ष र प्रतिपक्षबीचको बैठकमा सहमति जुटेको हो।
उक्त समितिको टिओआर बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय छानविन समिति बनाएर जानुपर्छ भन्नेमा सबैको सहमति भएको बताए । भोलि विहानदेखि नै टिओआरका बारेमा काम सुरु हुने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ । आज भएको सहमतिसँगै भोलिदेखि संसद्को गतिरोध अन्त्य हुने भएको छ ।