काठमाडौं । कवि दीपा मेवाहाङ राईको गीत ‘थोपा थोपामा’ स्रोतामाझ आएको छ । गीतको लिरिकल भिडियो ‘दीपा राई अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
रोजगारको सिलसिलामा कोरिया रहँदै आएकी कवि तथा गीतकार दीपा राईले यसअघि ‘तिमीसँगै गए मेरा..’, ‘हाँसीहाँसी बाँछ प्रिय’, ‘हिँड्दा हिँड्दै गोरेटोमा’, ‘तिमीसँगै मेरा खुशीका’, ‘तिमी सँगै’, ‘फूलजस्तो मुस्कान तिम्रो’, ‘तिमी बाँच’ लगायत दर्जनौं गीतहरू दर्शक तथा पाठकमाझ पस्किएकी छिन्।
मेलिना राईको आवाज रहेको ‘थोपा थोपामा’ गीतको संगीत कल्याण सिंहले भरेका हुन् भने संगीतसंयोजन दिनेश श्रेष्ठले गरेका हुन् ।
डी स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियो ज्वाला राईले तयार पारेका हुन्।